
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको थियो ।
यता , चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij