Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

२ सयले बढ्यो सुनको भाउ

२ सयले बढ्यो सुनको भाउ

  • काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।

    images
    images
    images

    हिजो मंगलबार १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै हिजो १ लाख ९ हजार रुपैयाँ कायम भएको तेजाबी सुनको मूल्य आज प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको छ । 

    यता, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij