Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढेको हो ।

    images
    images
    images

    योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यता चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij