Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

‘बालुवा नचाले चुलामा आगो बल्दैन’

‘बालुवा नचाले चुलामा आगो बल्दैन’

  • कञ्चनपुर । भीमदत्त नगरपालिका–९ खल्लाका नन्दा भुलको उमेर ६० वर्ष ढल्किनै लागेको छ । उमेर ढल्दै गए पनि काम गर्ने जोस् र जागर भने तन्नेरीको जस्तै छ । बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म महाकाली नदीको बगरमा बालुवा गिट्टी चाल्नु उहाँको दिनचर्या हो । 

    images
    images
    images

    नदीको बगरमा बालुवा नचाले उहाँको घरको चुलोमा आगो बल्दैन । बाध्यतावस उहाँले बालुवा गिट्टी चाल्ने कार्यलाई अङ्गाल्दै आउनुभएको छ । आर्थिक रुपमा विपन्न परिवारका भुलले नदीको बगरमा पाँच वर्षदेखि बालुवा गिट्टी चाल्दै आउनुभएको छ ।
     
    बालुवा गिट्टी चालेर बिक्री गरी आएको पैसाले उहाँले परिवारको खर्च चलाउँदै आउनुभएको छ । ब्रह्मदेव बजारबाट झण्डै पाँच किलोमिटर उत्तरमा रहेको खल्ला बस्तीमा बस्दै आउनुभएका नन्दाको घरबासका लागि मात्रै जग्गा रहेको छ । घरका लागि आवश्यकपर्ने खाद्यान्न, लत्ताकपडाको जोहो बालुवा गिट्टी चालेर आउने रकम जेनतेन धानिदै आएको छ । “गाउँमा रोजगारीका लागि अरु विकल्प छैन”, उहाँले भन्नुभयो, “बालुवा गिट्टी चाल्नु रहर नभएर बाध्यता हो । यसबाटै घरखर्च चलेको छ ।”
     
    विगतमा गाउँका युवा भारतमा मजदूरी गरी जीविका चलाउँदै आएका थिए । कोरोनाको महामारी फैलिएपछि अधिकांश युवा भारतमा रोजगारी गुमेपछि घर फर्केका छन् । घर फर्केपछि रोजगारी नहुँदा अधिकांश परिवारका युवादेखि बुढापाकासम्म नदीको बगरमा बालुवा गिट्टी चाल्ने कार्यमा संलग्न हुँदै आएका छन् । 

    भारतबाट फर्केका करन सार्कीसमेत नदीको बगरमा श्रीमतीसँगै बालुवा गिट्टी चाल्ने कार्य गर्दै आएका छन् । चारदेखि पाँच दिनमा उहाँले चालेको बालुवा गिट्टी बेचेर रु दुई हजार जति कमाउने गरेका छन् । “बिहानदेखि साँझसम्म नदीको बगरमै हुन्छौं”, उहाँले भन्नुभयो, “पाँच दिनदेखि एक हप्तामा दुई हजार जति कमाइ हुन्छ । त्यही कमाइले घरको खाना खर्च धानिएको छ ।” 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij