
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रभित्रका विभिन्न ठाउँहरुबाट विजुली, टेलिफोन, इन्टरनेट, केवल तार, पुराना पोल व्यानर तथा पोष्टरहरु हटाउँने भएको छ ।
नगरपालिकाले कलंकी(नागढुंगा (पिपलमोड राजमार्गमा रहेका नगरपालिको अनुमती बेगर राखिएका तार तथा पोस्टरहरु हटाउँन लागिएको जनाएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै व्यानर पम्पलेट, तारहरु लगायतले नगरपालिकाको सौन्दर्यलाई असर पारेको भन्दै एक हप्ताभित्र हटाउँन सम्बन्धित सबैमा आग्रह गरेको छ । साथै नहटाएमा नगरपालिका स्वयमले हटाउँने र त्यसको खर्च सम्बन्धित व्यक्तिले नै भुक्तान गर्नुपर्ने पनि नगरपालिकाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij