
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ ।
योसँगै आज छापावाला सुनको मूल्य प्रतितोल १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ । हिजो सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij