
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार रुपैयाँले बढेको छ ।
योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार पाँच सय रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १३ सय नब्बे रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij