Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक

नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक

  • काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

    images
    images
    images

    जसअनुसार कम्पनीले विभिन्न बीमा योजनामा बोनस दर प्रति हजार बीमांक रु.६३ देखि रु.८५ निर्धारण गरेको छ । सावधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिका लागि प्रति हजार रु.६४, १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिका लागि प्रति हजार रु.६४, २१ वर्षदेखि २५ वर्षसम्मका लागि प्रति हजार रु.७०, २६ र सो भन्दा माथिका लागि प्रति हजार रु.८५  तोकेको छ ।

    images

    त्यस्तै, सावधिक तथा आजिवन बीमालेख अन्तर्गत ९ वर्षदेखि २० वर्ष अवधि सम्मको लागि प्रति हजार रु.६४, २१ देखि २५ वर्षसम्मका लागि प्रति हजार रु.७०, २६ देखि २९ वर्षसम्मका लागि प्रति हजार रु.८५ , ३० र सो भन्दा बढी अवधिका लागि प्रति हजार रु.८५  छ ।

    अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा ९ वर्ष अवधिका लागि प्रति हजार रु.६३, १० देखि १४ वर्षसम्मका लागि प्रति हजार रु.६३ , १५ देखि १९ वर्षसम्मका लागि प्रति हजार रु.६४, २० र सो भन्दा माथिका लागि प्रति हजार रु.६४ को दरले बोनस दर तोकिएको कम्पनीले जनाएको छ । 

     
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij