
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ ।
योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८ हजार छ सय रुपैयाँमा कारोबार भइरहेृको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य एक लाख ८ हजार एक सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ९ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ४ सय दश रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij