
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ ।
हिजो एक लाख ८ हजार दुई सय रुपैयाँ कायम भएको छापावाला सुनको मूल्य आज प्रतितोला एक लाख ९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै एक लाख ७ हजार सात सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख ८ हजार सात सय रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ । योसँगै आज चाँदीको मूल्य प्रतितोला १४ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३ सय पचहत्तर रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij