
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । दश दलीय सत्ता गठबन्धनमा मन्त्रालयको सङ्ख्यामा सहमति जुटेकोले आज मन्त्रिपरिषद् विस्तार गरिने भएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको बैठकले मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति जुटाएको थियो । गठबन्धन बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।
कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइसकेको छैन । यस्तै बिहीबार नै मन्त्रिपरिषद् विस्तार गरी मन्त्रीहरूलाई शपथग्रहण पनि गराउने तयारी भएको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई स्वतन्त्रसहित १० दलले विश्वासको मत दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij