Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बङ्गलादेश

शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

ङ्गलादेश निर्वाचन आयोगका वरिष्ठ सचिव अख्तर अहमदले गृह मन्त्रालयको सिफारिसका आधारमा अवामी लिगको दर्ता निलम्बन गरेको बताए ।

  • काठमाडौं । बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दल अवामी लिगको भविष्यको संसदीय चुनावमा सहभागिता रोक्ने गरी दर्ता निलम्बन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारले आइतबार अवामी लिगलाई प्रतिबन्ध लगाए पछि यो कदम आएको हो । यो प्रतिबन्ध गत वर्ष हसिनालाई अपदस्थ गर्न प्रेरित गरेको सामूहिक विरोध प्रदर्शनमा गरेको दमनको मुद्दाको फैसला नआए सम्म जारी रहने छ ।

    AGNI GROUP

    अवामी लिग बङ्गलादेशको सबैभन्दा पुरानो राजनीतिक दल हो र यसले सन् १९७१ मा देशको मुक्ति युद्धको नेतृत्व गरेको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ जुलाई–अगस्टमा हसिनाको सरकारले विपक्षीमाथि कारबाही गर्न क्रूर अभियान चलाउँदा एक हजार चार सय प्रदर्शनकारीको मृत्यु भएको थियो ।

    ७७ वर्षीया हसिना भारतमा स्व–निर्वासनमा छिन् र मानवता विरुद्धको अपराधको आरोपमा ढाकाबाट गिरफ्तारी वारेन्टको अवहेलना गरेकी छन् । बङ्गलादेश निर्वाचन आयोगका वरिष्ठ सचिव अख्तर अहमदले गृह मन्त्रालयको सिफारिसका आधारमा अवामी लिगको दर्ता निलम्बन गरेको बताए ।

    गृह मन्त्रालयले बङ्गलादेश अवामी लिग र यससँग जोडिएका संस्थाहरूको सबै प्रकारका सङ्गठनात्मक गतिविधिहरूमा प्रतिबन्ध लगाएको छ”, उनले भने, “त्यो निर्णयलाई निरन्तरता दिँदै निर्वाचन आयोगले आयोगमा अवामी लिगको दर्ता निलम्बन गर्ने निर्णय गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij