Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

'गृहमन्त्रीको साथी हुँ' भन्दै धाक धम्की दिने व्यक्ति पक्राउ

'गृहमन्त्रीको साथी हुँ' भन्दै धाक धम्की दिने व्यक्ति पक्राउ

  • काठमाडौं । गृहमन्त्रीको साथी हुँ भन्दै धाक धम्की दिएको अभियोगमा एकजना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–३ घर भएका ५० वर्षीय राजकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । 

    images
    images
    images

    आफू गृहमन्त्रीको साथी हुँ भनि विभिन्न कार्यालयका राष्ट्रसेवक कर्मचारीहरूलाई टेलिफोन मार्फत गाली गलौच, डरत्रास तथा धाक धम्की दिई दैनिक काम काजमा समेत बाधा अवरोध गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–८ तीनदोबाटोबाट पक्राउ गरेको हो । 

    images

    उनलाई राष्ट्रसेवक कर्मचारीलाई काम काजमा बाधा बिरोध गर्न नहुने कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij