
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यबाट जनमत पार्टीको सांसद गीता गुरुङले राजीनामा दिएकी छन् । गुरुङले जनताको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नदेखिएकोले पदबाट राजीनामा दिएको बताएकी हुन् ।
उनले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको व्यहोरा उल्लेख गरेकी छन् । गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij