
Jun 09 2025 | २०८२, जेठ २६ गते
काठमाडौँ । शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि कपडामा राष्ट्रिय झण्डाको प्रतीक र चित्र राख्न निषेध गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको गैरसरकारी विधेयकमा उक्त व्यवस्था गरिएको हो । व्यक्तिले राष्ट्रिय झण्डाको प्रतिक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र लगाउन नमिल्ने प्रावधान राखिएको छ ।
त्यस्तै व्यापारिक प्रयोजन वा विज्ञापनमा राष्ट्रिय झण्डा प्रयोग गर्न रोक लगाइने भएको छ । यसैगरी झण्डा च्यात्न, जलाउन, फ्याँक्न वा पोको पार्न पनि रोक लगाइएको छ । साथै राष्ट्रिय झण्डालाई उल्टो राख्ने वा अपमान हुने किसिमको काम गर्न समेत रोकिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij