
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ केन्द्रीय महाधिवेशन सुरू भएको छ ।
कीर्तिपुरमा सुरू भएको महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।
महाधिवेशन सुरू भएसँगै नेतृत्वको चर्चा पनि त्यतिकै चलेको छ । पार्टीले ३२ वर्षे उमेर हद लगाएसँगै धेरै विद्यार्थी नेताहरू यो महाधिवेशनपछि अनेरास्ववियुको राजनीतिबाट बाहिरिँदै छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij