
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको छ ।
योसँगै आज छापावाल सुन तोलामा एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij