Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

१० प्रहरी कता हराए ?

१० प्रहरी कता हराए ?

  • काठमाडौं । आफूखुसी गैरहाजिर भएका १० जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । आज सार्वजनिक सूचना जारी गर्दै कार्यालयले गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण पेश गर्न भनेको हो । अन्यथा आवश्यक कारबाही गर्ने चेतावनी प्रहरी प्रधान कार्यालय नक्शालले दिएको छ ।

    images
    images
    images

    कार्यालयका अनुसार केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्ज दरबन्दी भएका प्रहरी हबल्दार दिपेन्द्र सिंह २०७८ फागुन १० गतेदेखि सम्पर्कमा छैनन् ।

    images

    यसैगरी, प्रहरी जवान दिपु अवाल २०७९ पुस १७ गतेदेखि, निरज कुमार राई माघ १३ गतेदेखि, रामफल यादव माघ २५ गतेदेखि र गोविन्द केसी माघ २८ गतेदेखि गैरहाजिर छन् ।

    यसैगरी आनन्द मण्डल पुस ७ गतेदेखि, विशाल कुमार राई पुस २९ गतेदेखि, आलेश थापा माघ १८ गतेदेखि तथा धमेन्द्र विक र हरिराज विक माघ २८ गतेदेखि सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij