
Jun 09 2025 | २०८२, जेठ २६ गते
काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा फरार भएका प्रतिवादी पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–६ बस्ने अमर सिंह थारुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
२०७९ कात्तिक २९ गते जिल्ला अदालत बर्दियाले कर्तव्य ज्यान मुद्दामा १२ वर्ष कैद, १ लाख रुपैयाँ जरिवाना र २५ हजार रुपैयाँ क्षतिपुर्तिको फैसला गरेको थियो । फैसलापछि फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले बाँसगढी नगरपालिका – ६ मोतिपुरबाट पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनका लागि जिल्ला उनलाई अदालत बर्दियामा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij