Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

दुई हजारले ओरालो लाग्यो सुनको भाउ

दुई हजारले ओरालो लाग्यो सुनको भाउ

  • काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको भाउ ह्वात्तै घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ २ हजार रुपैयाँले घटेको छ ।

    images
    images
    images

    योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७ हजार आठ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार तीन सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य एक लाख ९ हजार आठ सय रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ९ हजार तीन सय रुपैयाँ कायम भएको थियो । 

    यता, चाँदी पनि पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३ सय पैंतीस रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो मंगलबार चाँदी प्रतितोला एक हजार ३ सय चालीस रुपैयाँमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij