
Jun 09 2025 | २०८२, जेठ २६ गते
काठमाडौँ । सर्लाहीको विष्णु गाउँपालिका-५ फेन्हराबाट गाँजा र भारतीय रुपैयाँसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत सितामढी सुपी थाना मोहनी मण्डल पोष्ट मोहनी मण्डल ग्राम-५ बस्ने २७ वर्षीय ईन्द्रजित कुमार यादव रहेका छन् । प्रहरीले ४ किलोग्राम गाँजा र १२ हजार भारतीय रुपैयाँसहित यादवलाई आइतबार साँझ पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय फेन्हरा र बीओपी फेन्हराबाट खटिएको संयुक्त प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई फेला पारी पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij