Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

घट्यो सुनको भाउ, के कतिमा कारोबार ?

घट्यो सुनको भाउ, के कतिमा कारोबार ?

  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  सुनको मूल्य सात सय रुपैयाँले घटेको जानकारी दिएको छ ।

    images
    images
    images

    सोहीअनुसार आज छापावाला सुनको मूल्य एक लाख ९ हजार तीन सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य एक लाख ८ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ । हिजो आइतबार छापावाला सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    त्यस्तै चाँदी पन्घ्र रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३ सय तीस रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३ सय पैंतालिसमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij