
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । मलेसिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं. २ च्यापोल स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १४ गाईबाच्छा टोल बस्ने २८ वर्षीय आदेश तामाङ रहेका छन् ।
‘KHM Recuirement Group’ को नामबाट संचालन गरेको म्यानपावरबाट रबिन मोक्तान सहित १०० जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाईदिने भन्दै उनले रकम ठगी गरेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानबाट खटिएको प्रहरी टोलिले तामाङलाई मिनभवन बानेश्वरबाट पक्राउ गरेको हो ।
किर्तिपुरस्थित सो म्यानपावरमा खानतलासी गर्दा विभिन्न व्यक्तिका ९० थान पासपोर्ट, कम्पनीको छाप र विभिन्न कागजात बरामद गरेको छ । आवश्यक कारवाहीका लागी तामाङलाई जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij