
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । हिजो सोमबार होली पर्वका कारण सुनचाँदीको मूल्य निर्धारण भएको थिएन ।
आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख २ हजार पाँच सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला एक लाख २ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । आज चाँदी एक हजार २ सय पैंसाठ्ठी रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २ सय पचहत्तर रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij