
Jun 09 2025 | २०८२, जेठ २६ गते
काठमाडौँ । पत्रकार शेरबहादुर भुजेलको निधन भएको छ । नेपाल पत्रकार महासंघ दोलखाका पत्रकार रमेश खतिवडाले गएराति पत्रकार शेरबहादुर भुजेलको निधन भएको जानकारी दिएका छन् ।
भुजेललाई उच्च रक्तचापको समस्या रहेको र हृदयधातबाट निधन भएको अनुमान गरिएको छ । गएराती घरमै सुतिरहेको अवस्थामा उनको निधन भएको खतिवडाले जनाए ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्वकोषाध्यक्ष भुजेल दाेलखामा रहेर पत्रकारितामा सक्रिय रहेका थिए । कालिञ्चाेक एफ एम, कालिञ्चाेक सन्देश साप्ताहिक हुदै पछिल्लो समय ईदैनिक खवर अनलाइन चलाएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij