
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य ५०० रुपैयाँले बढेको छ ।
आज छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्दै १ लाख २ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँ तोकिएको छ ।
यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij