Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

सांसद भण्डारीको स्वास्थ्यमा सुधार

सांसद भण्डारीको स्वास्थ्यमा सुधार

  • काठमाडौं । मुम्बईको बर्न अस्पतालमा उपचारत सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार हुँदै आएको छ । नेकपा काँग्रेसका केन्द्रिय सदस्य अजय बाबु शिवाकोटीका अनुसार शनिवार १२ः १५ बाट भण्डारीको कृतिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको छ, फोक्सोले आफै काम गर्न थालेको छ ।

    images
    images
    images

    अब कृतिम अक्सिजनको मात्रा कम गर्दै जाने र सोमवारबाट भेन्टिलेटर हटाइने छ र हातको जलेको भागले काम गर्न थालेकोले अप्रेसन गर्न नपर्ने भएको मुम्बईमा साथमा रहेका माधव न्यौपानेले सन्देश पठाएको शिवाकोटीले जानकारी दिए ।

    images

    गत बिहीबार राती ग्याँस लिका हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । उपचारका लागि सिभिल अस्पताल हुँदै कीर्तिपुरस्थित बर्न अस्पताल लगे पनि त्यहाँ उपचार सम्भव नहुने भएपछि उनलाई मुम्बई लगिएको थियो ।

    एअर एम्बुलेन्समार्फत मुम्बई लगिएका भण्डारीको उपचार जारी छ । तर, सोही घटनामा घाइते भएकी आमाको भने उपचारको क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij