
Jun 09 2025 | २०८२, जेठ २६ गते
काठमाडौँ । ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद डा.चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि मुम्बइ लगिएको छ ।
श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भण्डारीलाई भारतको मुम्बईस्थित नेसनल स्किन वर्न अस्पताल उपचारका लागि लगिएको हो । नेपालमा उपचार सम्भव नभएपछि उनलाई कृतिम स्वासप्रश्वास दिएर त्यसतर्फ लगिएको हो ।
उनीसँगै क्रिटिकल केयर हेड डा.प्रदीप तिवारी, एनेस्थेसिया क्रिटिकल केयर डा.वृहस्पति, फ्लाइट डाक्टर इएमएस रोसन शर्मा, प्यारामेडिक्स इआर दिनेश राई, सागर महर्जन र राज तामाङ गरी जम्मा ६ जनाको मेडिकल टिम पनि गएका छन् ।
अस्पतालले नेपालमा उपचार सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजान सिफारिस गरेको थियो। नेता भण्डारीको २५-३० प्रतिशत शरीर जलेको अस्पतालले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij