
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य ६ सय रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम थियो ।
त्यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यसको मूल्य तोलामा १ लाख ३ हजार १०० रुपैयाँ थियो ।
महासंघका अनुसार आज बिहीबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलामा १२ सय ८५ रुपैयाँ कायम भएको छ । हिजो बुधवार चाँदी तोलामा १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij