
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij