
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आइतबार तोलामा १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै हिजो तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको तेजाबी सुन आज पनि सोही मूल्य कायम रहेको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार २९५ रुपैयाँ कायम भएको छ । हिजो आइतबार समेत यही मूल्यमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij