
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । आज एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा ह्वात्तै घटेको महासंघले जानकारी दिएको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार छापावाल सुनको मुल्य तोलामा १ लाख ६हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ६०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेको महासंघले जनाएको छ । चाँदीको मूल्य १३ सय २० रुपैयाँ कायम रहेको छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कायम थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij