
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी शुक्रबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij