
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ३३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij