
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । सन् २०२३ को पहिलो दिन आइतबार सुनकाे मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार २ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । शुक्रबार तेजावी सुनको भाउ तोलाको १ लाख ९ सय रुपैयाँ निर्धारण भएको थियो ।
त्यस्तै आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १४ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ १३ सय ९५ रुपैयाँ कायम रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij