
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आज छापावाल सुन तोलामा १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी आज तेजावी सुन तोलामा १ लाख ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर तोलामा १३९५ रुपैयाँमा कारोबार भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij