Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

सहकारीको कलेक्टरलाई छुरा हानेर २ लाख लुटपाट

सहकारीको कलेक्टरलाई छुरा हानेर २ लाख लुटपाट

  • काठमाडौं । सहकारीमा कलेक्टरको काम गर्ने प्रेम गजमेर दिन दहाडै लुटिएका छन् । बुधवार दिउँसो चावहिलस्थित ओम अस्पताल नजिकै अपरिचित व्यक्तिले उनलाई छुरा हाने अनि, झोला लिएर भागे । उनको झोलामा दुईलाख रुपैयाँ थियो । पुरानो बानेश्वरस्थित सन्दुक सहकारीका कलेक्टर हुन् गजमेर ।

    images
    images
    images

    सिसिटिभी फुटेजको आधारमा महानगरीय अपराध महाशाखा र प्रहरी वृत गौशालाको टोलीले लुटपाटमा संलग्न २ जनालाई पक्रेको छ । लुटपाटमा संलग्न दुई जनालाई  पक्राउ गरिएको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए ।

    पक्राउ पर्नेमा महाराजगञ्ज बस्ने २७ वर्षीय अमित तुलाधर र नरदेवी बस्ने १८ वर्षीय रोहित शाही छन् । अमित र रोहित सहितको समुह काठमाडौँमा लुटपाट र चोरीमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनीहरुलाई डाँका र ज्यान मार्ने उद्योग मुद्दा चलाउने प्रहरीको तयारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij