
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख १५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी बिहीबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij