
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडाैं । लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ आयोजना हुने भएको छ । शोको डिएआर मुभिजले आयोजना गर्न लागेको हो । नेपालका प्रतिष्ठित ४२ कलाकारहरू बीच प्रतिस्पर्धा रहने बताइएको शो को निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रिता थापा रहनेछन् ।
नेपालमा पहिलो पटक हुन लागेको दोहोरी रियालिटी शो स्तरीय र निकै आकर्षक बनाइने कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए ।
शोका विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोस्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन् । माघबाट सुरु हुने दोहोरी आइडल नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij