
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौँ । झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु भएको छ ।
बुधबार बिहान कन्काई नगरपालिका-८ मा सो दुर्घटना भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-१ का २२ वर्षीय ओमप्रकाश राउत रहेका छन् ।
इलाका प्रहरी कार्यालय घैलाडुब्बाले मृतक राउतको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ । दुवै सवारीसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij