
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौँ । मोरङमा बचत संकलन गरेर लाखाैँ रुपैयाँ ठगी गरेको आरोपमा एक ज्वेलर्सका दम्पत्ती पक्राउ परेका छन । इलाका प्रहरी बेलबारीले मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा रहेको कमला ज्वेलर्सका संचालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई पक्राउ गरेको हो ।
सो दम्पतिले धेरै व्याज दिने प्रलोभनमा सर्वसाधारणबाट बचत संकलन गरी स्थानीयको ८० लाख भन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ । उनीहरुले सर्वसाधारणलाई १७ प्रतिशतभन्दा बढी व्याज दिने भन्दै बचत संकलन गर्ने गरेका थिए । बचतकर्ताले बचत रकम फिर्ता माग्न थालेपछि उनीहरु पसलनै बन्द गरेर फरार भएका थिए ।
फरार भएका ती दम्पतिलाई केहीदिन अघिमात्र मोरङ प्रहरीको विशेष टोलीले पक्राउ गर्न सफल भएको मोरङ प्रहरी प्रवक्त्ता डिएसपीले बताए । उनका अनुसार विश्वकर्मा दम्पत्तीले ६५ जना बचतकर्ताको रकम हिनामिना गरेको खुलेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij