
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौँ । काठमाडौँको बसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने भएको छ । नेपाल हस्तकला महासङ्घको महिला उद्योग विकास समिति र बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त आयोजनामा महिला उद्यमी हस्तकला मेला शुरु हुन लागेको हो ।
सो मेला आगामी कात्तिक १८ देखि २० गतेसम्म हुन गइरहेको छ । उक्त मेलामा महिला उद्यमी हस्तकला, प्राकृतिक रेशाका सामग्री, काष्ठकला, पत्थरकला, धातुकला, हातेकागज, फेल्ट, पश्मिनाका सामग्रीलगायतको सामग्री प्रदर्शन गरिने महासङ्घका निर्देशक ऋषिराज सुवेदीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij