
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं। नेपाल जनजाति महासंघका पूर्वमहासचिव तथा मानवशास्त्री ओम गुरुङको मृत्यु भएको छ । ललितपुरको हिरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा गुरुङको सोमबार दिउँसो ६८ वर्षको उमेरमा निधन भएको हो ।
उनी त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गरेका र १२ वर्षसम्म समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुखका रुपमा कार्यरत थिए । उनको जन्म २०११ माघ २९ मा बागलुङको ताराखोलामा भएको थियो ।
गुरुङले १९९६ मा अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका थिए । उनको श्रीमती, १ छोरा र २ छोरी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij