
Jun 17 2025 | २०८२, असार ३ गते
ललितपुर । नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको अध्यक्षमा मञ्जु बज्राचार्य निर्वाचित हुनुभएको छ । शाखाको तेस्रो अधिवेशनबाट अध्यक्षमा बज्राचार्य निर्वाचित हुनुभएको हो ।
कार्यसमितिको उपाध्यक्षद्वयमा लक्ष्मीकुमारी श्रेष्ठ, सुनिता बाटाजु, सचिवमा पूर्णिमा शाक्य, सहसचिवमा कुसुम शाक्य र कोषाध्यक्षमा कल्पना महर्जन निर्वाचित हुनुभएको छ । त्यस्तै कार्यसमितिमा बाबुकाजी महर्जन ‘जल्मी’ र पवित्रकुमार महर्जनलगायत रहनुभएको छ।
त्यसैगरी केन्द्रीय सभासदमा सुविनकुमार श्रेष्ठ, विश्वन्तर शाक्य, विकास माली, अनुप महर्जन र सागर महर्जन चयन हुनुभएको छ । निर्वाचित हुनुहुनेलाई निर्वाचन अधिकृत एवं पत्रकार राष्ट्रिय दबूका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले प्रमाणपत्र वितरण गर्नुभयो ।
यसअघि आयोजित समारोहमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले पत्रकारितालाई समावेशी बनाउन, मातृभाषाको पत्रकारिताको विकासमा पु¥याएको भूमिका बारे केन्द्रीत गरी आफ्नो भनाई राख्नुभयो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले पत्रकारिताको विकासको लागि पत्रकार राष्ट्रिय दबूसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij