Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जुम्ला

ट्याक्टर दुर्घटनामा एक जनाको मुत्यु ४ जना घाइते

ट्याक्टर दुर्घटनामा एक जनाको मुत्यु ४ जना घाइते

  • काठमाडौं । जुम्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

    onlinepatrika
    Arghakhachi

    सोमबार राती ९ बजे लु २ त १११५ नम्बरको ट्याक्टर जुम्ला एयरपोर्टबाट चन्दननाथ ९ को तलिउम तर्फ जाँदै गर्दा अनियन्त्रित भइ चन्दननाथ नगरपालिका - ७ स्थित खल्लाचौरमा दुर्घटनाहुँदा १ जनाको मृत्यु र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक रोहित रसाइलीले जानकारी दिएका छन्।

    AGNI GROUP

    दुर्घटनाबाट मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–९ का वर्ष ४८ का जोखे सार्कीको उपचारको क्रममा गएराती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक रसाइलीले बताएका हुन्।

    घाइते हुनेमा चन्दननाथ नगरपालिका–९ तलिउमका वर्ष २९ कि देबु सार्कि, तलिउमकै ३५ वर्षकी मैनामुरली सार्की र चन्दननाथ – ९ तलिउमकै वर्ष ४८ की रंगा सार्की र ट्याक्टर चालक वर्ष २२ का सन्तोष सार्की रहेको रसाइलीले बताएका छन्।

    सडक बाट करिव २० मिटर तल खसेको थियो। अहिले घाईतेहरु लाई उद्धार गरी उपचारको लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पुर्‍याइएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij