Logo

May 30 2025 | २०८२, जेठ १६ गते

May 30 2025 | २०८२, जेठ १६ गते

अवैध लागुऔषधसहित आठजना पक्राउ

अवैध लागुऔषधसहित आठजना पक्राउ

  • काठमाडौं । अवैध लागुऔषध खैरो हेरोइनसहित आठजनालाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । 

    images
    images
    images

    ब्युरोले ४० दशमलव ५ ग्राम खैरो हेरोइनसहित तीन जना र २४७ ग्राम खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरिएको जनाएको छ  । पक्राउ पर्नेमा ललितपुर भैँसेपाटी बस्ने प्रताप कार्की, फिदिम घर भएका भुवन विक र देङ्ग हाङ्ग नेम्वाङ रहेका छन् । 

    images

    त्यसैगरी काठमाडौंको माकलबारीबाट उत्सव घिमिरे, दोर्ची शेर्पालाई र फुर्लामी शेर्पालाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए । 

    उनीहरुलाई लागुऔषध बिक्री गर्ने झापाका अप्सरा राजवंशी र उनलाई पनि सप्लाई गर्ने नौसाद आलमलाई पनि झापा मेचीनगरबाट डिजिटल तराजुका साथै नगद १० लाख ४० हजार रुपैयाँसहित पक्राउ गरिएको खनालले बताए । 

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij