
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । उपत्यकामा शुक्रबार मनाइने इन्द्रजात्राको तयारी धमाधम भइरहेको छ । सो दिनको लागि काठमाडौं हनुमानढोकामा रहेको गद्दी बैठकमा रङरोगन भइरहेको छ ।
त्यसैगरी कुमारी घर र मठमन्दिरलगायतमा साजसज्जाका कार्य भइरहेको छ । इन्द्रजात्राका लागि कुमारी, भैरव र गणेशका रथलाई पनि सिंगारिएको छ ।
शुभ साइतमा इन्द्रध्वज उठाएपछि विधिवत् रूपमा सुरू हुने जात्रा २४ गते इन्द्रजात्राका दिनमा राष्ट्रपतिलगायतका उच्च पदस्थ व्यक्तिहरू सहभागी भई अवलोकन गर्ने परम्परा छ । भदौ २९ गते जात्रा समापन हुन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij