काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा बनिरहेको धरहरा इन्जिनियरको नाप नक्सामा डकर्मीले बनाइरहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनालले हिजो (मंगलवार) भेलालाई सम्वोधन गर्दै धरहरा इन्जिनियर बनाएको र रानीपोखरी कालिगढले बनाएको बताएपछि आज बुधवार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को उपत्यकामा उपलब्ध सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन् ।
नेता खनालले तीन वर्षको अवधिमा प्रधानमन्त्री ओलीले गफैगफ मात्रै गरेको भन्दै टिप्पणी गरेका थिए ।