Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

गुडिरहेको मोटरसाइकलबाट खसेर कर्मचारीको मृत्यु

गुडिरहेको मोटरसाइकलबाट खसेर कर्मचारीको मृत्यु

  • काठमाडौँ । कपिलवस्तुमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जना कर्मचारीको मृत्यु भएको छ ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार विजयनगर गाउँपालिका- ५ जोगिनियामा मोटरसाइकलबाट बाटोमा खसेर ३५ वर्षका सेवकराम चौधरीको मृत्यु हो ।

    images

    चौधरी कृष्णनगर भन्सार कार्यालयका कार्यालय सहयोगी थिए । मृतकको घर काठमाडौंमा रहेको प्रहरीले जनाएको छ ।मोटरसाइकल चलाउने र पछाडि बस्ने दुवै भन्सारका कर्मचारी रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रमुख विजय तिमिल्सिनाले जनाएका छन् ।

    पछाडि बस्ने चौधरी मोटरसाइकलबाट खसेर घाइते भएको स्थानीयले बताएको जानकारी दिँदै प्रहरीले उपचारको क्रममा उनको मृत्यु भएको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij