Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

 जबराद्वारा आज पनि बयान दिने

 जबराद्वारा आज पनि बयान दिने

  • काठमाडौँ ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज आइतबार पनि बयान लिने भएको छ । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा राणाले आइतबार बिहान ११ बजेदेखि बयान दिनुहुनेछ । गत बुधबार र बिहीबार जबराले समितिमा बयान दिनुभएको थियो ।

    images
    images
    images

    समितिले ४३ वटा प्रश्न सोधेकोमा जबराले दुई दिनमा ६ वटा प्रश्नको मात्रै जवाफ दिनुभएको छ । समितिले राणा विरुद्ध सार्वजनिक सूचना जारी गरी प्रमाण संकलन गरेको छ ।

    images

    नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाइसकेको छ । समिति सचिवालयका अनुसार विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट प्रमाण प्राप्त भएका छन् ।

    समितिका अनुसार जबराविरुद्ध प्रमाणको ठूलो सूची तयार भएको छ । विभिन्न व्यक्ति र संस्थाले दिएका र समिति आफैंले संकलन गरेका प्रमाणहरुमा मुख्य गरी जबराको आचरणमाथि प्रश्न उठाइएका छन् । सोही आधारमा जबरालाई सोधिने थप प्रश्नहरु तयार भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij